चैत्र ९, २०८२
चितवनमा गैँडाको आक्रमणबाट दुई जना  घाइते

चितवनमा गैँडाको आक्रमणबाट दुई जना घाइते

भरतपुर महानगरपालिका–२२ पटिहानीमा आज दिउँसो ३ः ३० बजे गैँडाको आक्रमणबाट दुई जना घाइते भएका छन| स्रोतका अनुसार  चितवनका अनुसार घाइते हुनेमा स्थानीय ७० वर्षीय बुदना महतो र ८० वर्षीय धोधारी महतो रहेका छन् । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार घर अगाडि घाम तापेर बसिरहेको अवस्थामा उनीहरूलाई गैँडाले आक्रमण गरेको हो ।

गैँडाको आक्रमणमा परी दुवै जना खतरामुक्त रहेको र उपचारका लागि चितवन मेडिकल कलेज ल्याइएको  जानकारी आएको छ  ।