माघ १२ मा हुने राष्ट्रिय सभा निर्वाचनमा कोरोना संक्रमित भएका मतदाताले पनि मतदान गर्न पाउने
माघ १२ मा हुने राष्ट्रिय सभा निर्वाचनमा कोरोना संक्रमित भएका मतदाताले पनि मतदान गर्न पाउने भएको जानकारी आएको छ ।निर्वाचन आयोगले बुधबार जारी गरेको १९ बुँदे स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डअनुसार कोरोना संक्रमित भए पनि मतदान गर्न सक्ने व्यवस्था मिलाइएको छ।
साथै मतदान केन्द्रहरूमा स्वास्थ्यकर्मीको टोली राख्ने तयारी छ। राष्ट्रिय सभामा रिक्त १९ रिटका लागि निर्वाचन गर्न लागिएको हो| २०२५ जना मतदाता रहेको जानकारी आएको छ|१९ पदका लागि विभिन्न दलबाट ४३ जनाको उम्मेदवारी परेको छ। मुख्यगरी सत्तागठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ।