लोक सेवा आयोगका सबै परीक्षाहरू स्थगित
आगामी माघ ११ गतेदेखि माघ मसान्तसम्म हुने सबै पूर्व निर्धारित परीक्षाहरू स्थगित गरेको लोकसेवा आयोगले जानकारी दिएको छ |
आयोगको बिहिबार बसेको बैठकले कोरोना संक्रमण तिब्र रूपमा फैलिएको भन्दै लिखित परीक्षाहरु माघ ११ देखि माघ मसान्तसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो |
देशभर कोभिडको बढ्दो सङ्क्रमणले गर्दा ‘लोक सेवा आयोगमा कार्यरत कर्मचारीहरूमा कोभिड १९ को संक्रमण देखा परेको कारणले गर्दा नै आगामी २०७८ माघ ११ गतेदेखि २०७८ माघ मसान्तसम्म आयोगबाट सञ्चालन हुने गरी पूर्वनिर्धारित सबै लिखित परीक्षा कार्यक्रम हाललाई स्थगित गरिएको छ’, आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
यसैगरी फागुन १ गतेपछिको परीक्षाका लागि १ साताको समय दिएर पुनः प्रकाशन गर्ने भएको छ।
आयोगको सूचना अनुसार लिखित परीक्षाबाहेक आयोगका अन्य पूर्व निर्धारित कार्यहरू यथावत रूपमा सञ्चालन हुने भएका छन |