माघ २१, २०८२
काठमाडौं उपत्यकामा जोर-बिजोर प्रणाली

काठमाडौं उपत्यकामा जोर-बिजोर प्रणाली

काठमाडौं उपत्यकाका तीन जिल्लाहरू काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयले शुक्रबार रातिदेखि उपत्यकामा चल्ने सवारी साधनहरूमा जोरबिजोर प्रणाली लागु गरेको जानकारी दिएका हुन्| जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले भीडभाडजन्य क्रियाकलाप र गतिविधिहरूलाई रोक्न सवारी साधनमा जोरबिजोर प्रणाली लागु गर्नुपरेको बताएका छन |

सवारी साधनको चापका कारण भीडभाड न्यूनीकरण नभएको र संक्रमण बढिरहेको सहायक प्रजिअ अधिकारीले बताए।सवारी साधन कम चल्दा भीडभाडजन्य गतिविधि कम हुने उनले उल्लेख गरे।

उनले भने, ‘अत्यावश्यक काम पर्ने, उपचारका लागि जाने, अत्यावश्यक सेवा प्रवाहको लागि जानेको हकमा चाहिँ समस्या छैन। त्यस विषयमा हामी छलफल पनि गर्दैछौं। अन्य हिँडडुल गर्ने, घुमफिर गर्ने, बजार घुम्ने, यो बेलामा आवश्यक छैन, यो बेलामा गतिविधि नर्गदा पनि हुनेखालका गतिविधि पनि सवारी साधनको चापसँगै भीडभाड न्यूनीकरण नभएको अवस्था विद्यमान छ। उपलब्धताले नै मानिसहरुको भीडभाड अझ वृद्धि भएको भन्ने नै हो। जति सवारी साधन भए त्यति मानिसहरुको चहलपहल अझै बढ्दै गएको र संक्रमणको वृद्धि यो स्तरसम्म आइपुगेको छ है भन्ने अझ पनि मानिसहरूमा धारणा नबनिसकेको देखियो भन्ने कुरा राखेका छन ।

प्रशासनले दिएको आदेशलाई प्रभावकारी कार्यान्वयनका निम्ति निरन्तर अनुगमन गरिरहेको सहायक प्रजिअ अधिकारीको भनाइ रहेको छ |