माघ २१, २०८२
नेपालमा पछिल्लो २४ घण्टामा १० हजार ७०३ जना कोरोना संक्रमित

नेपालमा पछिल्लो २४ घण्टामा १० हजार ७०३ जना कोरोना संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार पिसिआर परीक्षणबाट ८ हजार ८१५  र एन्टिजेन परीक्षणबाट १८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ | पछिल्लो २४ घण्टामा २३ हजार ९२ जनामा कोरोना परीक्षण गरिएको थियो।

देशभर ६५ हजार ३ सय  ७४ जना कोरोनाका सक्रिय संक्रमित छन्। पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ३ जनाले ज्यान गुमाएका छन्। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय ३५ छ।

यस्तै ७६६ जना संक्रमणबाट मुक्त भएका छन्। कोरोनाबाट अहिलेसम्म निको हुनेको संख्या ८ लाख १९ हजार ५ सय ७५ पुगेको छ भने राजधानीमा  ५२९९ संक्रमित थपिएका छन्।