बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा दुई पुरुषको मृत्यु
कोरोनाको ओमिक्रोम भेरिएन्टको संक्रमण बढ्दै गर्दा पछिल्लो २४ घण्टामा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा दुई पुरुषको मृत्यु भएको छ । पेरिटोनिटिस भन्ने दीर्घरोग भएका ८० वर्षीयलाई पुस २९ गते कोरोना पोजिटिभ देखिएपछि सोही दिन कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।
उनको शुक्रबार बिहान ११ बजेर ३५ मिनेटमा मृत्यु भएको थियो । यस्तै महोत्तरीका युवालाई माघ ५ गते कोरोना पोजिटिभ देखिएको थियो । उपचारकमै क्रममा उनको पनि बिहीबार राति १० बजेर ४७ मिनेटमा मृत्यु भएको प्रतिष्ठानले जानकारी दिएको छ |