चैत्र ९, २०८२
झोलुंगे पुल निर्माणका खटिएका एक मजदुरको करेन्ट लागेर  मृत्यु

झोलुंगे पुल निर्माणका खटिएका एक मजदुरको करेन्ट लागेर मृत्यु

रतुवामाई नगरपालिका ९ स्थित बक्राहा खोलामा झोलुंगे पुल निर्माणका खटिएका  रुकुम पूर्वको घुमे गाउँपालिका ७ का २५ वर्षीय मदन श्रेष्ठको मृत्यु भएको छ | 

 निर्माणमा खटिएका श्रेष्ठ बक्राहा खोलामा गाडिएको विद्युत मोटर जडित ट्युबवेल चलाउने क्रममा करेन्ट लागेर घाइते भएको जानकारी आएको हो  भने उनि गंभिर घाइते भएका श्रेष्ठको उर्लावारीस्थित अरनीको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मन्जिल मुकारुङले बताए । घटनाबारे पुल निर्माणका ठेकेदारले भने कुनै प्रतिक्रिया नदिएको जानकारी आएको छ।