खाडी राष्ट्रमा भिजिट भिसा भ्रमणमा जानका लागि रोक
सरकारले एक सूचनामा जारि गरी खाडी राष्ट्रमा भिजिट भिसा भ्रमणमा जानका लागि रोक लगाएको छमाघ १० गतेदेखि लागु हुने गरी अर्को आदेश जारी नहुन्जेल रोक लगाइएको हो।
शुक्रबार गृह मन्त्रालयले खाडी राष्ट्र र मलेसियामा गएर विचल्लीमा परेको समाचार आइरहेको भन्दै उक्त निर्णय गरेको जनाएको हो |
गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उक्त कुरा हरु उल्लेख गरिएको छ - कोभिड- १९ को ओमिक्रोन भेरियन्टको संक्रमण स्वदेश तथा विदेशमा तीव्र रूपमा फैलिँदै गइरहेको हुँदा विभिन्न उद्देश्यले खाडी राष्ट्रहरू र मलेसियामा गई बिचल्लीमा पर्ने गरेका गुनासा, समाचार र सूचनाहरू प्राप्त भएकोले मिति २०७८ माघ १० गदेखि लागु हुने गरी अर्को आदेश जारी नभएसम्मको लागि त्यस्ता राष्ट्रहरूको भिजिट भिसामा भ्रमणमा जान रोक लगाइएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
