श्रावण २१, २०८२
 अस्ट्रेलियामा विद्यार्थीले चाहेजति काम गर्न पाउने

अस्ट्रेलियामा विद्यार्थीले चाहेजति काम गर्न पाउने

कोरोना कहरले कामदारको चरम अभाव भोगिरहेको अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीलाई काम गर्ने हदबन्दी हटाएको जानकारी दिएको छ |

यसअघि पाक्षिक रूपमा ४० घण्टामात्र काम गर्न पाउने विद्यार्थीहरूले अब आफूले चाहेजति काम गर्न पाउने भएका छन्।यसै साता बसेको अस्ट्रेलियन सरकारको मन्त्रिपरिषद् बैठकले पाक्षिक रूपमा ४० घण्टाभन्दा बढी काम गर्न नपाउने नियमलाई अस्थायी रूपमा हटाउने निर्णय गरेको प्रधानमन्त्री स्कट मोरिसनले जानकारी दिएका छन्।

अन्तर्राष्ट्रिय विद्यार्थीका रूपमा सिड्नीमा रहेका आयुष खतिवडाले सरकारको पछिल्लो निर्णयले आफूजस्ता विद्यार्थीलाई फाइदा पुग्ने बताएका छन |