माघ २०, २०८२
कोभिड-१९ भाइरसको ओमिक्रोन भेरियन्टले नयाँ भेरियन्ट बनाउने जोखिम

कोभिड-१९ भाइरसको ओमिक्रोन भेरियन्टले नयाँ भेरियन्ट बनाउने जोखिम

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले विश्वभर फैलिएको कोभिड-१९ भाइरसको ओमिक्रोन भेरियन्टले नयाँ भेरियन्ट बनाउने जोखिम रहेको जानकारी दिएको छ | ओमिक्रोनबाट उत्परिवर्तन भएर आउनसक्ने भेरियन्ट ओमिक्रोनभन्दा घातक जटिल प्रकृतिको पनि हुन सक्ने अवस्था रहेकोले उनले निरन्तर सावधानी अपनाउन आग्रह गरेका छन | 

विश्वव्यापी रूपमा अध्ययन गर्दा कोभिड-१९ को महामारी यतिमै सीमित रहने तथ्य स्पष्ट भइनसकेको उनले बताए। अर्को भेरियन्ट योभन्दा कडा आएमा मात्र ओमिक्रोन विस्थापित हुने उनको भनाइ छ। 

‘विश्वव्यापी तथ्यांकहरूले ओमिक्रोन एकदमै छिटो विगत दुई महिनाको अवधिमा संसारका अधिकांश मुलुकमा फैलिएको र डेल्टालाई विस्थापन गरेको भन्ने जुन तथ्य छ, त्यो सँगसँगै हामीले के बुझ्नुपर्छ भने ओमिक्रोनको नाममा डेल्टालाई विस्थापन गरे पनि यो भाइरस जति धेरै फैलिन्छ, जतिधेरै स्थानमा, धेरै व्यक्तिहरूमा पुग्छ, नयाँ भेरियन्ट बनाउने जोखिम कायमै छ।’ 

नयाँ नयाँ भेरियन्ट आउने जोखिम कायमै रहेको भन्दै उनले  ओमिक्रोनमै गएर यो महामारी सीमित हुन्छ भन्ने तथ्य अझै स्पष्ट भइसकेको बताए। 

‘नयाँ भेरियन्ट यो भन्दा आक्रामक भएन भने त्यसले फेरि ओमिक्रोन रिप्लेस गर्न सक्दैन। त्यसकारण यसलाई रिप्लेस गर्न योभन्दा आक्रामक नै आउनुपर्छ। योभन्दा कमजोर आयो भने त हामी सबैले सोचेको जस्तै भयो, महामारीले धेरैलाई दुःख नदेला भन्ने सकारात्मक सोच मात्रै हो। तर भाइरसले कस्तो रूप लिन्छ भन्ने भविष्यको गर्भमै छोडौं र हामी सचेत रहौं,’ उनले भने।

पौडेलले अहिले ८७ हजार जना हाराहारीमा सक्रिय संक्रमित रहँदा संस्थागत आइसोलेसनमा करिब १२ सय जनामात्र रहेको र अन्य संक्रमित घरमै आइसोलेसनमा बसिरहेको बताए।

हाल दैनिक २०० जना हाराहारीको संक्रमितलाई सघन उपचार कक्षमा उपचार गर्नु परेको र त्यसमध्ये ३० देखि ४० जनालाई भेन्टिलेटर आवश्यक परेको उनले जानकारी दिए। 

यस्तै, जनवरी महिनाको अन्तिम अर्थात् माघ महिनाको मध्यमा पुग्दा संक्रमित हुने र अस्पतालको सेवा चाहिने संक्रमितको संख्या पनि धेरै बढ्ने प्रक्षेपण स्वास्थ्य मन्त्रालयले गरेको डा. पौडेलले जानकारी दिए। न्युज एजेन्सी