सुदूरपश्चिममा चार जना संक्रमितमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट पुष्टि
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोना संक्रमण देखिएका १ सय ४६ स्वाब नमूना काठमाडौंमा परीक्षण गर्दा भारतबाट फर्केका चार जनामा सो भेरियन्ट देखा परेको हो।
तीमध्ये कञ्चनपुरका २ जना, बझाङ र डोटीका एक/एक जना रहेका छन्।निमित्त प्रदेश स्वास्थ्य निर्देशक जगदिश जोशीले प्रदेशमा संक्रमित देखिएकामध्ये धेरैमा ओमिक्रोन हुनसक्ने अनुमान गरिएको बताए। यसअघि यहाँ कोरोनाको ओमिक्रोन भेरियन्ट पुष्टि भने भएको थिएन।
सुदूरपश्चिममा कोरोनाको भेरियन्ट पत्ता लगाउने प्रयोगशाला छैन।
अहिले सुदूरपश्चिममा चार हजार २ सय ७९ जना कोरोना संक्रमित छन्। उनीहरू अधिकांश घरमै आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको हो |