पुस ९, २०८१
कोरोनाबाट प्रभावित कुष्ठरोगीलाई सहयोग

कोरोनाबाट प्रभावित कुष्ठरोगीलाई सहयोग

प्रदेश नं १ का मोरङ, सुनसरी र झापाका कुष्ठरोगीलाई खाद्यान्न, उनीहरुका छोराछोरीलाई छात्रवृत्तिबापत रु ६ हजार पाँच सय तथा व्यवसाय सञ्चालनका लागि जनही रु २५ हजार उपलब्ध गराएको कार्यक्रम संयोजक देवेन्द्र डङ्गोलले जानकारी दिनुभयो । संस्थाले कुष्ठरोगीको घर–घरमा गएर उक्त सहयोग उपलव्ध गराएको हो । “व्यवसाय सञ्चालनका लागि प्राविधिक सहयोग समेत गरेका छौँ”, डङ्गोलले भन्नुभयो । संस्थाले समाजमा कुष्ठरोगीप्रतिको विभेद अन्त्यका लागि जनचेतना जगाउने, स्वास्थ्य सरसफाई, स्वास्थ्य सामाग्री वितरण गर्नेलगायत काम समेत गर्दै आएको छ ।