माघ २०, २०८२
पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट १५ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट १५ जनाको मृत्यु

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  जानकारी दिँदै मृतकको संख्या १५ जना थपिएसँगै कुल मृतकको संख्या ११ हजार ६८७ जना पुगेको जनाएको छ ।  यस्तै पछिल्लो २४ घण्टामा ८०१७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो |

यसैगरी  पछिल्लो २४ घण्टामा ८०१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै सोही अवधिमा ५ हजार २१९ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा २१ हजार ८०८ जनाको नमुना परीक्षण भएको थियो । 
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ३९ हजार २६७ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख २२ हजार ८३८ जना पुगेको छ । संक्रमितमध्ये ८ लाख ३७ हजार ४ जना निको भएका छन् । 
बुधबारको तथ्यांकसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ९० हजार ५७६ जना पुगेको जानकारी आएको छ  ।