श्रावण २२, २०८२
कालिन्चोक दर्शन केबलकारले १२ करोड रुपैयाँको साधारण सेयर (आइपीओ) निष्कासन गर्दै

कालिन्चोक दर्शन केबलकारले १२ करोड रुपैयाँको साधारण सेयर (आइपीओ) निष्कासन गर्दै

 कम्पनीले आयोजना प्रभावित स्थानीयलाई १२ लाख कित्ता सेयर बिक्री गर्ने भएको हो ।
आयोजना प्रभावितलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित १२ लाख कित्ता सेयर बिक्री गर्न कम्पनीले नबिल इन्भेस्टमेन्टलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । आज भएको सम्झौताअनुसार नबिल इन्भेष्टमेन्टले स्थानीयवासीका लागि उक्त सेयर बिक्री खुलाउने छ |

कालिन्चोक दर्शनका प्रमुख कार्यकारी अधिकृत अशोक शिवाकोटी र नबिल इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले सम्झौतामा हस्ताक्षर गरेका छन  । कम्पनीले स्थानीयवासीलाई आयोजनाको स्वामित्व दिने लक्ष्यसहित आइपीओ बिक्री खुलाउन लागेको जानकारी दिएको छ |