चैत्र ८, २०८२
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन डेस्कका कर्मचारीले मोवाइल चलाउन नपाउने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन डेस्कका कर्मचारीले मोवाइल चलाउन नपाउने

डेस्कमा ड्युटीमा रहँदा ‘मोबाइल साथमा नराख्न’ निर्देशन गरिएको अध्यागमन विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईले रातोपाटीलाई बताए ।भट्टराईले भने, ‘डेस्कमा बस्दा प्राइभेट मोवाइल नचलाउने गरी निर्देशन गरेका छौं ।’ विभागका कर्मचारीको मिलेमतोमा भिजिट भिसामा खाडी मुलुकमा जाने नेपालीको संख्या बढेको र त्यहाँ पुगेर अलपत्र परेका घटना बढेका छन् । गुनासो बढेपछि विभागले सो निर्णय गरिएको छ |

भिजिट भिसाको समस्या र समाधानको उपायबारे अध्ययन गरेर प्रतिवेदन दिनका लागी गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलको नेतृत्वमा समिति गठन गरिएको जानकारी आएको छ |