कनकाई नगरपालिका–७ दुर्गापुरमा ट्र्याक्टरको ठक्कर बाट दुई बर्षिया बालिकाको मृत्यु
कनकाई नगरपालिका–७ दुर्गापुरमा ट्र्याक्टरले किचेर आज दुई वर्षीया बालिकाको आरुची दुलालको मृत्यु भएको छ |
उनकै बालकृष्णले चलाएको मे १ त ७५९ नंको ट्र्याक्टरले किच्दा उनी गम्भीर घाइते भएकी थिइन् । घरअगाडि पार्किङ गरेर राखिएको ट्रयाक्टर स्टाट गर्ने क्रममा ट्र्याक्टरमुनि खेल्दै गरेकी आरुची घाइते भएकी हुन् । उनलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित विर्तासिटी अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले जानकारी दिएका छन ।