चैत्र ८, २०८२
काभ्रे प्रशासनमा अत्यावश्यकबाहेक सेवा माघ २१ सम्म बन्द गर्ने प्रशासनको आदेश

काभ्रे प्रशासनमा अत्यावश्यकबाहेक सेवा माघ २१ सम्म बन्द गर्ने प्रशासनको आदेश

कोरोना सङ्क्रमणको जोखिम कायमै रहेको जनाउँदै काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयले एकहप्ताका लागि आफ्नो सेवा प्रवाह स्थगनको समय बढाएको छ।

प्रशासनले आज सार्वजनिक सूचना जारी गर्दै यही माघ २१ गतेसम्मका लागि अत्यावश्यक सेवा (शान्ति सुरक्षा, मुद्दा, आन्तरिक प्रशासन र आकस्मिक राहदानी) बाहेकका अन्य नियमित सेवा स्थगन गरिएको जनाएको छ।

पालिकाले सूचना जारी गर्दै वडा नम्बर १ देखि ६ सम्मका सेवाग्रहीलाई आइतबार, सोमबार र मङ्गलबार समय तोकिएको छ भने वडा नम्बर ७ दखि १२ सम्मकालाई बुधबार, बिहीबार र शुक्रबार तोकिएको प्रमुख प्रशासकीय अधिकृत रामबहादुर लामाले बताए।

सो पालिकाले यसअघि केही कर्मचारीमा कोरोना देखिएका कारण गत बुधबारदेखि शुक्रबारसम्म सेवा स्थगन गरेको जानकारी आएको थियो |