कर्णाली प्रदेश अस्पतालमा अबदेखि आँखाको उपचार पनि हुने
आइतबार कर्णाली परदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आँखा उपचार सेवाको शुभारम्भ गरेका हुन् । सेवा विस्तारसँगै अस्पतालमा उपचार गर्न आएका बिरामीहरुको सामान्य आँखा उपचारका लागि बाहिर पठाउनुपर्ने बाध्यता हटेको छ ।
अस्पतालका निर्देशक डा डम्बर खड्काका अनुसार अस्पतालमा आँखा उपचार सेवाका लागि दुई जना आँखा रोग विशेषज्ञ डाक्टरसहित तीन जनाको टिम रहेको जानकारी आएको छ |
निर्देशकका खड्काका अनुसार २० लाखको लागतमा आँखा विभाग स्थापना गरी सेवा सुरु गरिएको उहाले बताउनु भएको छ |