चैत्र ८, २०८२
पर्सामा एक प्रहरी जवानको शव फेला

पर्सामा एक प्रहरी जवानको शव फेला

 ईलाका प्रहरी कार्यालय परवानीपुर बारामा दरबन्दी रहेका प्रहरी जवान रिपुकुमार गिरीको शनिवार राति शव फेला परेको हो । पर्साको पोखरिया नगरपालिका १ स्थित वनकटवाका प्रहरी जवान गिरी साथीको कोठामा मृत अवस्थामा फेला परेका हुन् । घर विदामा रहेको अवस्थामा गिरीको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । 

शनिबार राति पोखरिया बजार बस्ने साथी जितेन्द्र रौनियारको कोठाभित्र गिरी अचेत अवस्थामा फेला परेका थिए ।  त्यसलगत्तै उपचारका लागि अस्पतालमा पुर्याइएका गिरीलाई चिकित्सकले मृत घोषित गरेको पर्सा प्रहरीका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

 यसैगरी गिरीको शव फेला परेको घरमा बसिरहेका दुई जनालाई  प्रहरीले आफ्नो नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षकले  बताएका छन ।