मनाङमा खोप नलगाएका आन्तरिक र बाह्य पर्यटकलाई प्रवेशमा प्रतिबन्ध
जिल्ला कोभिड(१९ संक्रमण व्यवस्थापन समिति, जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले सम्बन्धित स्थानीय तहमार्फत मनाङ प्रवेश गर्ने नाकामा स्वास्थ्य जाँच गरी एन्टिजेन परीक्षणको व्यवस्था गर्ने निर्णय गरेको जानकारी दिएको छ |
२४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्रीराज आचार्यले बताए का छन र सोहि कारणले नै गर्दा अब जिल्लामा प्रबेश गर्दा अनिवार्य कोरोना विरुद्धको खोप लगाएको बताएका छन |मनाङमा कोभिडको संक्रमण बढ्न नदिनका लागि मनाङ प्रवेश गर्ने नासोँ गाउँपालिका १ स्थीत तालडाडाँमा एन्टिजेन परीक्षण गर्ने र नासोँ गाउँपालिकाले नाकामा हेल्थ डेस्क राख्ने निर्णय भएको मनाङका प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले बताए ।
यस्तै मनाङमा खोप कार्डबिना यात्रुलाई प्रवेश निषेध गरिएको छ । मनाङमा बाह्य जिल्लाबाट संक्रमित आउन सक्ने भन्दै उच्च सतर्कता अपनाइएको प्रजिअ आचार्यको भनाई रहेको छ ।