चैत्र ८, २०८२
 मित्रपार्कस्थित ओरालो सडकमा झगडा हुँदा एकजना युवकको मृत्यु

मित्रपार्कस्थित ओरालो सडकमा झगडा हुँदा एकजना युवकको मृत्यु

काठमाडौं महानगरपालिका–७ मित्रपार्कस्थित ओरालो सडकमा झगडा हुँदा एकजना युवकको मृत्यु भएको छ । मृतकको उमेर करिब २७ वर्ष रहेको र उनको नाम नखुलेको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ |

मित्रपार्क आसपासमा बस्ने युवकहरूको बीचमा गएराति झगडा भएको थियो । झगडा हुँदा भाग्ने क्रममा गौरीघाट जाने ओरालोतर्फको अग्लो सडकबाट लडेर उनको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । झगडा गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । फक्राउ पर्नेमा ३९ वर्षीय रुद्रबहादुर केसी र २८ वर्षका सुरेश दर्नाल रहेका छन ।

मदिरा सेवनपछि उनीहरुको बीचमा झगडा भएको थियो । पक्राउ गरिएका आरोपी सुरेश दर्नालले भने  मृतकलाई नचिन्ने दाबी गरेको जानकारी आएको छ|