श्रावण २६, २०८२
कर्णालीमा ३ हजार जनाभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि

कर्णालीमा ३ हजार जनाभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि

कर्णालीमा कोरोना भाइरस (कोभिड–१९)को तेस्रो लहर सुरु भएयता ३ हजार जनाभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको तथ्यांकले जनाएको छ |
पुस महिनादेखि माघ १६सम्मको तथ्याङ्क हेर्दा ३ हजार ६८ जनामा कोरोना देखिएको थियो भने  जसमा पुस महिनाभर जम्मा १६६ जनामा मात्र कोरोना भाइरसको संक्रमण देखिएकोमा माघको आधा महिनामा मात्रै २ हजार ९०२ जनामा कोरोना देखिएको छ। जुन पुस महिनाको तुलनामा झण्डै ९५ प्रतिशतले बढी हो । यो हिसाबले प्रदेशमा कोरोना संक्रमणको अबस्था भयावह बन्दै जानसक्ने जनस्वास्थ्यविद्हरुको आंकलन रहेको छ  ।

स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर रविन खड्काका अनुसार पुस १२ गते प्रदेशभर जम्मा १ जनामा कोरोना देखिए तापनि  त्यसपछि पुस १६ र २० गते शुन्य संक्रमित थिए । त्यसपछि पुस २२ गते त्यसअघिकै धेरै ५ जनामा कोरोना संक्रमण देखियो। पुस २६ मा आउँदा ह्वात्तै बढेर एकैदिन जम्मा ३५ जनामा संक्रमण देखियो । माघ १ गते पुन संक्रमितको दर झरेर ४ मा झ¥यो। त्यसपछि लगातार संक्रमणको दर उकालो लागिरहेको निर्देशनालयका निर्देशकले जानकारी दिएका छन | 

त्यसैगरी संक्रिय संक्रमितहरु मध्ये अधिकांश होम आइसोलेशनमा बसिरहेका छन् भने थोरै मात्रामा अस्पतालमा उपचार गराइरहेका देखिन्छन् ।स्वास्थ्य सेवा निर्देशनालयका सुचना अधिकारी पदम केसीका अनुसार झण्डै एक हजार ७१६ जना कोरोना संक्रमित होम आइसोलेशनमा रहेको उनले बताएका छन  ।