चैत्र ८, २०८२
सोनाम ल्होसारको अवसरमा भोलि सार्वजनिक बिदा

सोनाम ल्होसारको अवसरमा भोलि सार्वजनिक बिदा

सरकारले भोलि सोनाम ल्होसारको अवसरमा सार्वजनिक बिदा दिने भएको छ ।

गृह मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै माघ १९ गते बुधबार नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ–संस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।

मन्त्रिपरिषद्को माघ १७ गतेको निर्णयअनुसार भोलि सार्वजनिक बिदा दिन लागिएको हो ।sonam losar