लागु औषधसहित २ जना सुर्खेतमा पक्राउ
सुर्खेत प्रहरीले लागुऔषध ब्राउनसुगर सहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका– ३ बस्ने प्रकाश बुढा र सोही ठाउँका दिपेन्द्र थापा रहेका छन् ।
बुधवार साझ वीरेन्द्रनगरको बसपार्क नजिकैबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका सुचना अधिकारी रामप्रसाद घर्तीका अनुसार उनीहरुले शंकास्पद गतिविधि गरेको र खानतलासी गर्दा ८५० मिलिग्राम लागुऔषध ब्राउनसुगर जस्तो धुलो पदार्थ भेटिएको हो । हाल उनीहरुलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको घर्तीले बताए ।