श्रावण २२, २०८२
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले भोलि शुक्रबारदेखि  (आइपिओ)  निष्कासन हुने

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले भोलि शुक्रबारदेखि (आइपिओ) निष्कासन हुने

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले भोलि शुक्रबारदेखि  (आइपिओ) बिक्री खुला गर्ने भएको छ। 

संस्थाले ५ करोड २२ लाख रूपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आइपिओ जारी गर्न लागेको छ ।

लघुवित्तले निष्काशन गर्न लागेको कुल ५ लाख २२ हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीलाई र सर्वसाधारणलाई छुट्याइएको शेयरमध्येको ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरेको छ।
बाँकी रहेको ४ लाख ८७ हजार ९०० कित्ता शेयरका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन् भने आइपिओ निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेडका अनुसार माघ २१ गतेबाट बिक्री खुला हुने आइपिओमा २५ गतेसम्म आवेदन दिन सकिनेछ।

संस्थाको हाल १० करोड ७८ लाख चुक्ता पूँजी रहेकोमा सो शेयर निष्काशन पश्चात चुक्ता पूँजी १६ करोड रुपैयाँ हुने जानकारी आएको छ |