पुस १०, २०८१
 ७० प्रतिशत  नेपालि नागरिकले कोरोनाभाइरसविरुद्धको खोप पूर्ण मात्रामा लगाए

७० प्रतिशत नेपालि नागरिकले कोरोनाभाइरसविरुद्धको खोप पूर्ण मात्रामा लगाए

 नेपालमा ७० प्रतिशत जनसंख्यालाई कोभिडविरुद्धको पूर्ण खोप लगाउन सफल भएको जानकारी आएको छ |

 विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) नेपालले बिहीबार आधिकारिक ट्वीटरमार्फत नेपाललाई बधाई दिएको हो । नेपालले बुधबार मात्रै १८ वर्षभन्दा माथिका ७० प्रतिशत नागरिकलाई पूर्ण मात्रा खोप दिइएको जनाएको छ | 

नेपाल सरकारले चैत मसान्तसम्म १८ वर्ष माथिका १०० प्रतिशत नागरिकलाई पूर्ण खोप लगाइसक्ने लक्ष्यसहित देशभर खोप अभियान प्रभावकारी रुपमा  चलाइरहेको छ |