श्रावण २२, २०८२
नेप्सेमा १४ अंकको गिरावट

नेप्सेमा १४ अंकको गिरावट

आज सेयर बजारको परिसूचक १४.५८ अंकले घटेर २८७६.७५ पुगेको छ |

 आज  दिनभरमा २२४ कम्पनीको १ करोड ५७ लाख ८० हजार ७१३ सेयर किनबेच हुँदा ८ अर्ब ६१ करोड २१ लाख ७४ हजार १६२ रुपैयाँ २ पैसाको कारोबार भएको छ।

त्यस्तै, कारोबार भएका कुल कम्पनीमध्ये १३७ कम्पनीको मूल्य घटेको छ भने जम्मा ३५ कम्पनीको मूल्य बढेको छ। बाँकी ९ कम्पनीको मूल्य स्थिर छ। आज कारोबारमा आएका १३ वटा उपसमूहहरूमध्ये २ वटा उपसमूहको सूचक नकारात्मक देखिएको छ भने बाकीँ ११ वटा उपसमूहको सूचक सकारात्मक देखिएको छ। सकारात्मक देखिएको उपसमूहहरू हाइड्रोपावर र नन-लाइफ इन्स्योरेन्स हुन्। 

नेपाल स्टक एक्सचेन्जकाअनुसार बिहीबार अरुन भ्याली हाइड्रोपावरको सबैभन्दा धेरै सेयर कारोबार भएको छ।   त्यसैगरी  कम्पनीको ८२ करोड ७० लाख ३५ हजार ३३६ रुपैयाँ ५० पैसाको कारोबार भएको हो।