श्रावण २३, २०८२
नक्कली नोटसहित सुर्खेतबाट तीनजना पक्राउ

नक्कली नोटसहित सुर्खेतबाट तीनजना पक्राउ

सुर्खेत जिल्ला को छिन्चु बाट  एक हजार रुपैयाँका ९ वटा नक्कली नोटसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ  । वीरेन्द्रनगर न.पा. १० बस्ने २६ बर्षिय आसिस बैगार, वडा नं १० कै २१ बर्षिय विबेक बिक र भेरीगंगा ९ बस्ने २४ बर्षिय प्रमोद गुरुङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीका अनुसार नेपालगंज बाट सुर्खेत तर्फ आउदै गरेको कर्णाली प्रदेशको गाडीलाई छिञ्चु तोलीखोलीस्थित चेक पोइन्टमा प्रहरी सहायक निरीक्षक युबराज ढकालको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई आइतबार राती १० बजे पक्राउ गरेको हो ।

उनीहरुको साथबाट लागू औषध नाईट्राभेट ८८५ ट्याबलेट पनि बरामद गरेको प्रहरीले जनाएको छ । तीनै जनालाई इलाका प्रहरी कार्यालय छिञ्चुको हिरासतमा राखी अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ  । रासस