वर्षमान पुन र जनार्दन शर्मालाई कोरोना संक्रमण
महासचिवमा दावेदारी गर्दै आएका नेता वर्षमान पुन र जनार्दन शर्मालाई कोरोना संक्रमण भएको हो । पुनको बिहीबार गरेको परीक्षणमा पोजेटिभ रिपोर्ट आएको हो । हाल नेता पुन आइसोलेसनमा छन् ।
त्यस्तै, महासचिवका अर्का दावेदार जनार्दन शर्मा प्रभाकरलाई पनि कोरोना संक्रमण भएको छ । सरकारका अर्थमन्त्री समेत रहेका शर्मा पाँच दिन अघि गरेको परीक्षणमा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएपछि उनी मन्त्री क्वार्टरमा आइसोलेसनमा बसेका छन् । त्यस्तै माओवादीका अर्का नेता गिरिराजमणि पोखरेल पनि केही दिनयता कोरोनाबाट संक्रमित भएका छन् |
नेताहरुमा कोरोना संक्रमण देखिन थालेपछि उक्त बैठक अन्योलमा परेको एक नेताले जानकारी दिए । नेकपा माओवादी केन्द्रका कार्यालय सचिव समेत रहेका केन्द्रीय सदस्य श्रीराम ढकालले बैठकको तयारी भइरहेको जानकारी दिए ।