२ लाख घुस लिने काठमाडौँ महानगरपालिकाको वडा सदस्यविरुद्ध मुद्दा दायर
महानगरपालिकाको वडा नम्बर १४ का वडा सदस्य वसन्त महर्जनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस लिएको अवस्थामा पक्राउ गरेको हो । महर्जनले जग्गाको मोहियानी हक नामसारी र नाता प्रमाणित गरी मोही प्रमाणपत्र र मालपोत तथा भूमिव्यवस्था कार्यालय काठमाडौँलाई सिफारिस दिनका लागि घुस मागेको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए । आयोगको अनुसन्धानबाट महर्जनले घुस लिएको पुष्टि भएकोकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिम २ लाख रुपैयाँ बिगो कायम गरी सोही ऐनको दफा ३ को उपदफा ९१० र दफा ३ उपदफा ९१० देहाय खण्ड ९घ० बमोजिम सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको दफा र एवं भ्रष्टाचार निवारण ऐन, को दफा घट बमोजिम बिशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको जानकारी आएको छ |