चैत्र ८, २०८२
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बैतडीमा कार्यरत कर्मचारी मृत फेला

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बैतडीमा कार्यरत कर्मचारी मृत फेला

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बैतडीमा कार्यरत कर्मचारी मृत फेला परेका छन् । मृत फेला पर्नेमा दशरथचन्द नगरपालिका–२ देहिमाडौंका ४५ वर्षीय मानसिंह रावत रहेको प्रहरीले जनाएको छ ।

बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बिहीबारदेखि सम्पर्कविहीन रावतको खोजी गर्दा घर नजिकै मृत फेला परेको बताएका छन् ।  रावतको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको जानकारी आएको छ |