श्रावण २६, २०८२
पछिल्लो २४ घण्टामा थप १३८६ जनामा कोरोना भाइरस संक्रमण, ११ जनाकाे मृत्यु

पछिल्लो २४ घण्टामा थप १३८६ जनामा कोरोना भाइरस संक्रमण, ११ जनाकाे मृत्यु

पछिल्लो २४ घन्टामा आठ हजार ७०४ चारजना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् भने एक हजार ३८६ जना नयाँ सङ्क्रमित थपिएका छन् । हालसम्म नौ लाख नौ हजार ३४३ जना सङ्क्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर नौ हजार २५१ नमूना परीक्षण गरिएको थियो । छ हजार ४४३ जनाको पिसिआर विधिबाट परीक्षण गर्दा एक हजार १८३ र दुई हजार ८०८ जनाको एन्टिजेन परीक्षण गर्दा २०३ गरी एक हजार ३८६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।10-23 

त्यसैगरी पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमणबाट ११ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ८१४ पुगेको छ ।