काठमाडौं उपत्यकामा सवारी साधनमा जोरबिजोर हट्यो, फागुन १ देखि शैक्षिक संस्था खुल्ने
काठमाडौं उपत्यकामा सवारी साधनमा जोरबिजोर प्रणाली हटेको छ ।
आइतबार बसेको प्रमुख जिल्ला अधिकारीहरूको बैठकले आइतबार राति १२ बजेदेखि सवारी साधनमा जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।
साथै बैठकले फागुन १ गतेदेखि भौतिक उपस्थितिमै विद्यालयहरू सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।
फागुन १ गतेदेखि सिनेमा हल पनि सञ्चालन गर्न पाइने भएको छ ।
बैठकले सिनेमा हल, जिम खाना, डान्सबार, दोहोरी साँझसहित रात्रिकालीन व्यवसाय खोल्न दिने निर्णय गरेको हो । तर, राति १० बजेपछि भने यस्ता व्यवसाय सञ्चालन गर्न नपाइने प्रशासनले जनाएको छ ।
व्यवसाय सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्नुपर्ने छ ।