पूर्व-पश्चिम राजमार्गमा स्कार्पियो दुर्घटना हुँदा एक जनाको मृत्यु
पूर्व-पश्चिम राजमार्गमा स्कार्पियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।मंगलबार राति भएको दुर्घटनामा पाँच जना घाइते रहेको प्रहरीले जनाएको छ।मृत्यु हुनेमा सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका-५ का ५० वर्षीय दिलीप मण्डल छन्।
त्यस्तै , घाइतेहरूमा कंकालिनी नगरपालिका-५ कै ६० वर्षीय लक्ष्मण साफी, ३६ वर्षीय राजेश मेहता, ४४ वर्षीय रामकुमार रजक, ४८ वर्षीया रामकुमारी देवी रजक र ५० वर्षीय उमेश कुमार साफी छन्।
राति ९ बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश नं. २-०१-००१ च ००३१ नम्बरको स्कार्पियो गाडी रोकिराखेको बिआर०१जिए ४४८३ नम्बरको भारतीय ट्रकमा ठोक्किएको जानकारी आएको हो |