श्रावण २६, २०८२
नेपालमा ८२ प्रतिशतमा ओमिक्रोन पुष्टी

नेपालमा ८२ प्रतिशतमा ओमिक्रोन पुष्टी

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुस महिनाको २० गतेदेखि माघ ८ गतेसम्म कोभिड–१९ सङ्क्रमित ९५ वटा नमुनालाई जिन सिक्वेन्सिङका लागि भारत पठाइएको थियो ।

यही माघ २४ गते भारतको इन्स्टिच्युट अफ जिनोमिक एण्ड इन्टिग्रेटेट अफ बायोलोजीमा जीन सिक्वयनिङ गर्न पठाएका मध्ये सबै ओमिक्रोन भेरियन्ट पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. संगीता मिश्राले जानकारी दिइन् । ओमिक्रोन भेरियन्ट देखिएका नमुना मध्ये ७८ वटा नमुना अर्थात् ८२ प्रतिशतमा ओमिक्रोन बीए. टू पुष्टि भएको प्रवक्ता डा. मिश्राले बताइन् ।

 लिनिएज बी.वान डेल्टा र ओमिक्रोनको लिनिएज बीए.वानलाई प्रतिस्थापन गरिरहेको हालको अनुसन्धानले देखाइरहेको डा. मिश्राले बताइन् । अझै धेरै व्यक्तिले कोरोनाविरुद्धको खोप लगाउन बाँकी रहेकाले उनले बताइन । खोप नलगाएकाहरूलाई ओमिक्रोन लगायत अन्य भेरियन्टको सङ्क्रमणबाट गम्भीर स्वास्थ्य जटिलता आउन सक्ने भएकाले तत्काल खोप लगाउन डा. मिश्राले आग्रह गरेकी छिन |