कञ्चनपुरमा मात्र १२ हजार हेक्टरको धान क्षति
बाली विज्ञान केन्द्रले दिएको जानकारीअनुसार बाढी तथा डुबानका कारण उखु तथा केरा खेतीमा दश प्रतिशत र तरकारीमा पाँच प्रतिशत क्षति भएको छ । धानखेती भित्र्याउने बेला आएको वर्षाका कारण खेतमा सुकाइएको धानबाला टुसाउन थालेका छन् । किसानले घरमा कुन्यु बनाएर राखेको धानसमेत नोक्सान भएको ज्ञान केन्द्रका प्रमुख ले जानकारी दिनु भयको छ । किसानलाई भने यस वर्ष चामल किनेर खानुपर्ने अवस्थामा आएको भन्दै चिन्तन छन । यहाँको शुक्लाफाँटा नगरपालिका–१२ का किसान राधे रानाले आफ्नो दुई बिघा खेतमा लगाइएको धानबाली भित्र्याउने बेला आएको बर्सातले क्षति पुगेको बताउनुभयो । “परिवारलाई वर्षभरि खानलाई हुन्छ भनेर अरुको खेतसमेत भाडामा लिएर धान लगाएको थिएँ”, रानाले भन्नुभयो, “बाली काटेर थ्रेसर लगाउभन्दा अगाडी खेतमै धान डुबेर काम नलाग्ने भयो ।”भाडा कसरि तिर्ने के खाने भनेर चिन्ता वेक्त गर्नु भयो।कैलाली र कञ्चनपुरमामा यस वर्ष सबैभन्दा बढी क्षति धानबालीमै भएको छ । ज्ञान केन्द्रले दुई/तीन दिनभित्र यहाको क्षतिको यकिन विवरण आउने जनाएको छ ।