चैत्र ८, २०८२
झापाको थाई फुड्स उद्योगमा आगलागी

झापाको थाई फुड्स उद्योगमा आगलागी

जिल्लाको मेची नगरपालिका ढुवागढीमा रहेको उद्योगमा आज बिहान ४ बजेदेखि आगलागी भएको थियो।

आगलागी हुँदा उद्योग परिसरमा रहेको ९० प्रतिशत सम्पत्ति जलेर नष्ट भएको बताइएको छ । हालसम्म आगो निभाउन १३ वटा दमकल प्रयोग गरिएको छ । ती दमकलले निरन्तर प्रयास गर्दा बल्लतल्ल आगो नियन्त्रणमा आएको बताइएको छ ।

उद्योगमा भएको मुख्य तीन वटा भवनमध्ये एउटा भवन मात्र बचेको जानकारी आएको छ  । बाँकी दुई वटा भवन जलेर नष्ट भएको तथा उद्योगका सबै प्लान्टहरू ध्वस्त भएको उद्योगका सञ्चालक बुद्धि प्रकाश घिमिरेले जानकारी दिएका छन |