आजदेखि ३ दिनसम्म मौसम सफा रहने
जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुसार आजदेखि ३ दिनसम्म मौसम सफा रहने जानकारी दिएको छ । महाशाखाका अनुसार शनिबारदेखि कम्तिमा मंगलबारसम्म कतै पनि वर्षा र हिमपातको सम्भावना नभएको जानकारी आएको छ ।
महाशाखाका अनुसार नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव भने जारी छ। गराउने कुनै मौसम प्रणाली विकास हुने सम्भावना नदेखिएको मौसमविद् वरुण पौडेलले जानकारी दिए।
देशमा कतै छिटपुट पानी परिहाल्यो भने बेग्लै कुरा हो नभए एक सातासम्म उल्लेखनीय वर्षा र हिमपात गराउने मौसम प्रणाली विकासको सम्भावना नभएको मौसमविद् पौडेलले जानकारी दिएका छन | रासस