श्रावण २२, २०८२
ग्रीन भेन्चर्सका आयोजना प्रभावितलाई आइपिओ खुला

ग्रीन भेन्चर्सका आयोजना प्रभावितलाई आइपिओ खुला

ग्रीन भेन्चर्स लिमिटेडले आजदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि साधारण शेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु ३१ करोड २५ लाख मूल्य बराबरका प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) को बिक्री खुल्ला गरेको हो ।

कम्पनीले आफ्नो जारी पूँजी (रु तीन अर्ब १२ करोड ५० लाख) को १० प्रतिशतले रु १०० अङ्कित दरका ३१ लाख २५ हजार कित्ता साधारण शेयर ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका वडा नं १, २ र ३ तथा लिखु गाउँपालिका–९ र रामेछापको लिखु तामाकोशी गाउँपालिका–१, २ तथा उमाकुण्ड गाउँपालिका–७ का आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि साधारण शेयरको बिक्री खुला गरेको छ । रासस