पुस ९, २०८१
काठमाडौं उपत्यकामा २२६ संक्रमित थपिए

काठमाडौं उपत्यकामा २२६ संक्रमित थपिए

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १८१, ललितपुरमा ३० र भक्तपुरमा १५ संक्रमित थपिएका छन्।

योसँगै उपत्यकामा हाल सक्रिय संक्रमितको संख्या ८ हजार ८०१ छ। काठमाडौंमा मात्रै ४ हजार ९०१, ललितपुरमा २ हजार ७१० र भक्तपुरमा १ हजार १९० सक्रिय संक्रमित छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको ८ हजार ६९६ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।मन्त्रालयका अनुसार ४८२ पिसिआर परीक्षणबाट र २६५ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको छ |