2.jpg)
सेयर बजार परिसूचक नेप्सेमा बुधबार पुनः दोहोरो अंकको गिरावट
मंगलबार ५३ अंकले बढेर २७ सय ५४ विन्दुमा उक्लिएको बजारमा बुधबार पुनः १९ अंक माथिको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्सेमा १९ दशमलव ८४ अंकको गिरावट आउँदै २७ सय ३४ दशमलव ४४ विन्दुमा झरेको जानकारी आएको छ |
आज निर्जीवन बीमा र अन्य समूह अन्तर्गतको उपसूचक बाहेक बाँकी सबै उपसूचक ऋणात्मक भएका छन् । १९ अंक माथिले बजार घटेसँगै यस दिनयता कारोवार रकम समेत घटेको हो। नेप्सेका अनुसार आज साढे ५६ लाख माथिको सेयर बजारमा ३९ हजारभन्दा बढी पटक किनबेच हुँदा जम्मा तीन अर्ब २ करोड ६३ लाख रुपैयाँको कारोबार भएको जानकारी आएको छ |