पुस ९, २०८१
नेपालमै उत्पादित क्यान्सरकोऔषधि स्वदेशी तथा विदेशी बजारमा

नेपालमै उत्पादित क्यान्सरकोऔषधि स्वदेशी तथा विदेशी बजारमा

नेपालमै पहिलो पटक उत्पादन गरिएको क्यान्सर रोगविरुद्धको औषधि ‘एन्टिक्यान्सर ड्रग’ बजारमा आएको छ ।

टिजिग फार्माबाट उत्पादित एन्टी क्यान्सर औषधि औषधि व्यवस्था विभागबाट मार्केट लाइसेन्स प्राप्त गरेपछि बजारमा आएको हो ।

टिजिगका कार्यकारी निर्देशक शैलेश वैद्यका अनुसार अहिले नेपाल भित्रै बिक्री वितरण गर्न विभागबाट तीनवटा मोलिक्युलको मार्केट लाइसेन्स प्राप्त भइसकेको छ । उनले विदेशमा निर्यात गर्न पनि थप एउटा मोलिक्युलको स्वीकृति पत्र प्राप्त गरेको र क्यान्सर रोगविरुद्धको औषधि नेपालमै उत्पादन गरी स्वदेशी तथा विदेशी बजारमा पठाउने नेपालकै पहिलो भएको दाबी गरेका छन् । ।

टिजिग फार्मा भारतको हैदरबादमा रहेको एसपी एक्युर ल्याब (एसपीएएल)सँग प्रविधि हस्तान्तरण सम्झौंता गरेर वैदेशिक लगानीका साथ स्थापना तथा सञ्चालन भएको नेपाली फर्मा कम्पनी हो ।

‘विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को स्टार्डड र नेपालको प्रविधि हस्तान्तरण सम्बन्धी ऐन अनुसार नै सञ्चालनमा ल्याएका हौ’, वैद्यले भने, ‘संस्था स्थापनामा विश्व स्वास्थ्य संगठनको औषधि उत्पादन निर्देशिका, औषधी ऐन २०३५, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०४९ दफा (३) तथा विश्व स्वास्थ्य संगठनको प्रविधि हस्तान्तरण निर्देशिका पालना गरिएको छ र सञ्चालनमा पनि उल्लेखित सम्पूर्ण ऐन नियमहरुका पालना हुने छ ।’

कार्यकारी निर्देशक वैद्यले टिजिग फार्मामा औषधि उत्पादन, विश्लेषण आदि कार्यका लागि सम्बन्धित विश्व स्वास्थ्य संगठनको निर्देशिका, नेपालको औषधी ऐन र नियमावलीमा रहेका व्यवस्था तथा सम्बन्धित औषधिहरुको ग्रन्थमा गरिएका व्यवस्था बमोजिम हुने गरेको बताए ।