श्रावण २३, २०८२
देशभर थप ३५० जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि

देशभर थप ३५० जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि

७ हजार ९६ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १९८ तथा एन्टिजेन विधिबाट १५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ  ।

यही अवधिमा थप १ हजार २७२ जना निको पनि भएका छन् । नेपाल कूल सङ्क्रमित मध्ये ९ लाख ५० हजार ५६ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा निको हुने दर ९७.४ प्रतिशत रहेको छ । योसँगै नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १३ हजार ३५७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ४ जनाले ज्यान पनि गुमाएका छन् ।  यता, थप ७ लाख ६९ हजार ५७६ जनाले खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो |