चैत्र ७, २०८२
भीमफेदी कारागारका १० कैदीबन्दीको सजाय मिनाहा

भीमफेदी कारागारका १० कैदीबन्दीको सजाय मिनाहा

राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा मकवानपुरको भीमफेदी कारागारबाट १० कैदीबन्दीको  आज सजाय मिनाहा भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले देशभरिका ५०१ कैदीबन्दीको सजाय मिनाहा र १२ जनालाई  आममाफी दिने कार्य अन्तर्गत भीमफेदी कारागारका १० कैदीबन्दीको सजाय मिनाहा भएको बताइएको छ । भीमफेदी कारागारका निमित्त प्रमुख जेलर केदारप्रसाद सापकोटाका अनुसार सजाय मिनाहा भएका १० कैदीबन्दी आज रिहा भएर आ–आफ्नो घर फर्किसकेको बताएका छन |

 सजाय मिनाहा पाउनेमा सवारी ज्यान मुद्दाका चार, कर्तव्य ज्यान मुद्दाका तीन र डाँका तथा ज्यान मार्ने उद्योगका एक÷एक जना रहेको  निमित्त प्रमुख जेलर  सापकोटाले बताएका हुन् | रासस