दाङमा सोमबार बिहान ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–३ कुहिरे पानीका १९ वर्षीय अर्जुन खड्का रहेका छन् । खड्काको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
सोमबार बिहान पौने ७ बजे घोराहीबाट लमहीतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९४०४ नम्बरको ट्रकले बिपरित दिशाबाट आउँदै गरेको रा २ प ८९२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जानकारी आएको छ। रासस
सम्बन्धित शीर्षकहरु
सभागृहमा कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला
मंसिर ११, २०८२
आज पनि बढ्यो सुनचाँदीको मूल्य
मंसिर ११, २०८२
विराटनगर किंग्स र चितवन राइनोज आज आमने सामने
मंसिर ११, २०८२
रोल्पा बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो
श्रावण २३, २०८०
निरन्तर घट्दो क्रममा नेप्से
श्रावण २३, २०८०
आज उधौली पर्व मनाइँदै
मंसिर २२, २०७९