माघ २०, २०८२
काठमाडौंसहित पाँच जिल्ला कोरोना भाइरसको अझै ‘रेड जोन’

काठमाडौंसहित पाँच जिल्ला कोरोना भाइरसको अझै ‘रेड जोन’

संक्रमण घटेसँगै सक्रिय संक्रमितको संख्या पनि ओरोलो लागि रहेको छ। अहिले नेपालमा ११ हजार दुई सय बयासी जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यी मध्ये ५ जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी रहेको छ। ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लालाई रेड जोनको रुपमा हेरिएको छ। यसरी ५०० भन्दा बढी सक्रिय संक्रमित हुने जिल्लाहरुमा मोरङ, काठमाडौं, ललितपुर, कास्की र कैलाली रहेका हुन् ।

सोमबार तीन सय अठासी जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पीसीआर र एन्टिजेन गरी आठ हजार एक सय ४० जनाको नमुना परीक्षण गर्दा तीन सय अठासी जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो । रासस