श्रावण २३, २०८२
पछिल्लो २४ घण्टामा तीन सय १८ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा तीन सय १८ जनामा कोरोना संक्रमण पुष्टि

सात हजार सात सय ४३ जनामा गरिएको परीक्षणमा तीन सय १८ मा संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांकअनुसार २४ घण्टामा एक जनाको संक्रमणबाट मृत्यु भएको छ । यस्तै, योबीचमा पाँच सय ६२ जना कोरानामुक्त भएका छन् ।

आज सम्म  देशभर नौ हजार ६ सय ७८ जना सक्रिय संक्रमित रहेका मन्त्रालयको भनाइ रहेको छ  ।