श्रावण २२, २०८२
राष्ट्र उत्थानको आईपीओ बाँडफाँड

राष्ट्र उत्थानको आईपीओ बाँडफाँड

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था कम्पनीले गत फागुन ४ गतेदेखि ८ गतेसम्म जारी गरेको ८ करोड ५० लाख रुपैयाँ बराबरको कुल ८ लाख ५० हजार कित्ता सेयर बिहीबार बाँडफाँड भएको छ |
बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार बिहीबार गोला प्रथामार्फत भएको आईपीओ बाँडफाँडमा ७९ हजार ४५० जना आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् । बाँकी २५ लाख ५ हजार ८११ जना आवेदकहरुको हात खालि भएको छ ।

एनआईबीएल एस क्यापिटलका अनुसार सेयर निष्काशनको अन्तिम दिनसम्म कुल २५ लाख ८५ हजार २६१ जनाले आईपीओ खरिदका लागि आवेदन दिएका थियो । सो मध्ये ५ हजार ८५९ आवेदकहरुको आवेदन रद्द भएको थियो । यो हिसाबले कुल आवेदकहरु मध्ये ३.०८ प्रतिशतले मात्र कम्पनीको सेयर प्राप्त गर्न सफल भएका छन |