चैत्र ७, २०८२
बझाङका भण्डारीको हत्यामा सङ्लग्न १६ वर्षपछि पक्राउ

बझाङका भण्डारीको हत्यामा सङ्लग्न १६ वर्षपछि पक्राउ

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले विसं २०६२ असोज २३ गते भण्डारीको हत्यामा संलग्न बझाङ जयपृथ्वी नगरपालिका–७ ज्वाडाका ४० वर्षीय वीरेन्द्र राना र सोही स्थानकै ३३ वर्षीय रमादेवी रानालाई शनिबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक कमल थापाले हतियारको प्रयोग गरी ज्यान मारेर फरार रहेका उनीहरुलाई कञ्चनपुरको भीमदत्त नगरपालिका–११ गड्डाचौकीस्थित नेपाल–भारत सीमाबाट पक्राउ गरिएको जानकारी दिए । उनीहरुलाई जिल्ला अदालत बझाङले विसं २०६६ सालमा कर्तव्य ज्यान मुद्दामा वीरेन्द्रलाई २० वर्ष कैद र रमा देवीलाई तीन वर्ष कैद हुनेगरी फैसला गरेको हो |

पक्राउ परेका दुवैजनालाई आज फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बझाङ पठाइएको प्रवक्ता थापाले बताएका छन | रासस