श्रावण २३, २०८२
नक्कली नोटसहित एक पक्राउ

नक्कली नोटसहित एक पक्राउ

बजारमा तरकारी खरिद गर्ने क्रममा किसानलाई नक्कली नोट दिएको आशङ्कामा प्रहरीले महतोलाई नियन्त्रणमा लिई उनको डेरा खानतलासी गर्दा सो रकम फेला परेको गौशालास्थित इलाका प्रहरी कार्यालयले जनाएको छ । बरामद नोटमध्ये कति सक्कली र कति नक्कली हुन् भन्ने विज्ञबाट ठहर गराइने प्रहरी निरीक्षक विष्णुप्रदीप वस्यालले जानकारी दिनुभयो । पक्राउ परेका महतोलाई बरामद नोटसहित जिल्ला प्रहरी कार्यालय पठाइएको छ । आज पक्राउ परेका महतो भारत÷ नेपाल दुवैतिरका तरकारी व्यापारी रहेका र उनलाई र उनीसँग बरामद नोट जलेश्वरमै सार्वजनिक गरिने प्रहरीको तयारी छ । गौशाला र औरही बजार भारतीय बजारसँग जोडिएका जिल्लाका हुन् । आज बरामद नोटमध्ये कतिवटा सक्कली र कतिवटा नक्कली भन्ने एकीन गर्न बाँकी रहेपनि गत असोजमा भने हजार दरका २२ वटा नक्कली नोट रहेको पुष्टि भएको थियो । सामान्य प्रचलनमा रहेका नेपाली एकहजार दरका नोटभन्दा छाम्दा पातलो लाग्ने र रङसमेत अलि फिका देखिने नक्कली नोट चासो दिने सामान्य व्यक्तिले पनि सजिलै छुट्याउन सक्ने प्रहरीको भनाइ छ ।